झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले संसद्लाई बन्धक बनाउन नमिल्ने बताएका छन् ।
झापाको बिर्तामोडमा आयोजित सभालाई सम्बोधन गर्दै उनले राजनीतिक खिचातानीका कारण संसद् अवरुद्ध गर्न नहुने बताए ।
उनले भने, ‘चाँडोभन्दा चाँडो सदन खुलाउनुस् । सुन तस्करी प्रकरणको अनुसन्धानमा उच्चस्तरीय छानबिन आयोगको माग राखेर एमालेले लगातार संसद् अवरुद्ध गरिरहेको छ । अवरोधकै कारण सभामुख देवराज घिमिरेले साउन १० गते अघि सारेको कार्यसूचीमा संसद् प्रवेश गर्नै पाएको छैन ।’
सभापति लामिछानेले पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढेको र देशमा बसेर केही गर्न सकिन्छ भन्ने विश्वास नै युवामा नरहेको टिप्पणी गरेका छन् ।