प्रधानमन्त्री प्रचण्डले बोलाएको बैठक रवि लामिछानेद्वारा बहिष्कार !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बहिष्कार गरेका छन् ।

चाडपर्वको मुखमा उपभोक्तालाई मारमा पार्ने गरी सरकारले मूल्यवृद्धि गरेकोप्रति आपत्ति जनाउँदै रास्वपाले बैठक बहिष्कार गरेको हो ।

सामाजिक सञ्जालमा लेख्दै सभापति लामिछानेले मूल्यवृद्धिविरुद्ध थप कार्यक्रम गर्ने समेत जनाएका छन् । उनले लेखेका छन्, ‘चाडपर्वहरूको मुखमा आमउपभोक्ताहरूलाई मार पर्ने गरी सरकारले गरेको मूल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ । यसको विरोध स्वरूप आज प्रधानमन्त्रीज्यूले बोलाउनुभएको अन्य विषयको बैठक हामीले बहिष्कार गरेका छौं । थप कार्यक्रमबारे जानकारी दिनेछौं ।’

सम्बन्धित
Loading...