धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भदौ १ गते बिहीवार सार्वजनिक बिदा दिएको छ ।
प्रदेश सरकारले ओल्के पर्वको अवसरमा भदौ १ गते सार्वजनिक बिदा दिएको हो ।
सार्वजनिक बिदाका दिन प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय बन्द रहने जनाइएको छ ।
सुदूरपश्चिममा ओल्के पर्वका दिन आफन्त तथा इष्टमित्रहरूलाई भेटेर खानेकुरा र कोसेली दिने प्रचलन रहेको छ ।