जनार्दन शर्माको खुलासा : पार्टी एकताबाट आतंकित भएर दुस्प्रचार !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री जनार्दन शर्माले केही मान्छे पार्टी एकताबाट आतंकित भएर दुस्प्रचारमा लागेको जनाउनुभएको छ ।

सोमबार बिहान सामाजिक सञ्जाल फेसबूकमा लेख्नुहुँदै नेता शर्माले पार्टी एकताका पक्षमा दृढतापूर्वक उभिन सबैलाई अपिल गर्नुभएको छ । नेकपाको शीर्ष नेतृत्वमा यतिबेला विवाद देखिएको छ ।

उहाँले लेख्नुभएको छ, ‘पार्टी एकताबाट मर्माहत प्रवृत्ति । पार्टी एकता बच्ला कि भन्ने आतंकबाट उद्देलित भएर दुस्प्रचार गरिरहेको कुराप्रति भ्रममा नपरी पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन अपिल गर्दछु । कुनै पद प्राप्तिको लोभ विना पार्टी आन्दोलनको रक्षा गर्न दृढतापूर्वक लागेको कुरा प्रस्ट पार्दछु ।’

नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल लगायत नेताबीच विवादमा सहमति नहुँदा स्थायी कमिटी बैठक स्थगित हुँदै आएको छ । दिनदिनै बालुवाटारमा दुवै अध्यक्षबीच छलफल हुने गरेपनि सहमति हुन सकिरहेको छैन ।

सम्बन्धित
Loading...