काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति नेकपा कम्युनिष्ट पार्टी (नेकपा) ले आपत्ति जनाएको छ ।
नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले प्रेस विज्ञप्ति जारी गर्दै नेकपा महासचिव विप्लवविरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिएर माफी माग्न शाहीलाई चेतावनी दिएको छ ।
प्रवक्ता शाहीले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पक्राउ पुर्जी जारी भएका विप्लवलाई पक्राउ नगरिएको भन्दै आपत्ति जनाएका थिए ।
प्रवक्ता शाहीको अभिव्यक्तिले ३ बुँदे सहमति भंग गर्ने, अराजकता मच्चाउने, देशलाई द्वन्द्वतिर धकेल्ने नेकपाको ठहर रहेको छ ।
अभिव्यक्ति फिर्ता लिएर माफी नमागे त्यसबाट निस्किने गम्भीर परिणामको जिम्मेवार स्वयं शाही नै हुने नेकपाले चेतावनी दिएको छ ।
यस्तो छ विज्ञप्ति –