काठमाडौं । पर्सा जिल्लाको बिन्दावासनी गाउँपालिकाका नेकपा सचिव एवं नेकपा जिल्ला सदस्य मुकेश चौरसियाको हत्या आफ्नै पार्टीका नेता कार्यकर्ताबाट भयो । पार्टीको बैठकमा झडप हुँदा गम्भीर घाइते भएका चौरसियाको उपचारका क्रममा मृत्यु भयो ।
हत्या भएको ३ दिन पुग्दासम्म पनि मृतकका परिवारले दिएको जाहेरी प्रहरीले दर्ता नगरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले न्यायका लागि बोलिदिनुपर्ने भएको छ । नेकपाको सरकार भएको बेला नेकपाकै कार्यकर्ताले पनि न्याय नपाउने कस्तो बिडम्बना हो ?
नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख तथा प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै दोषीमाथि कारवाही गर्न माग गर्नुभएको छ । ‘घटनाका दोषीलाई कुनै गुटगत संरक्षण नदिई कानूनी कारवाहीको कठघरामा उभ्याउनु राज्यको दायित्व हो । तर ३ दिन पुग्दासम्म जाहेरी समेत नलिएर, नारायणी अस्पतालमा मृतकको शव रहिरहनु दुःखद र निन्दनीय छ,’ उहाँले विज्ञप्तिमा लेख्नुभएको छ, ‘नेपाली कांग्रेस निष्पक्ष अनुसन्धान र कानूनी कारवाहीको प्रक्रिया अविलम्ब थालनी गर्न संघीय र प्रदेश दुवै सरकारको गम्भीर ध्यानाकर्षण र माग गर्दछ ।’
यस्तो छ कांग्रेसको विज्ञप्ति –