बैतडीमा अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
जिल्लाको डिलासैनी गाउँपालिका–७ ढाँणकी महिला ३५ वर्षीया माधवी कार्कीले अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) राजेश शाहीले घरदेखि एक सय मिटरको दूरीमा रहेको मकैबारीमा शिशुलाई जन्माएर हत्या गरेको आरोपपछि कार्कीलाई पक्राउ गरिएको जानकारी दिए ।
शिशुु जन्माएपछि केराको सापडाले घाँटी च्यापेर हत्या गरेको भन्दै उनका ससुुरा नरेन्द्र कार्कीले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको शाहीले बताए ।
उनी महिला स्वास्थ्य स्वयंम सेविका पनि हुन् । कार्कीविरुद्ध कर्तव्य ज्यान शिर्षकमा मुुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ । गाउँकै १९ वर्षीय युुवकसँगको अनैतिक सम्बन्धबाट कार्कीको पेटमा गर्भ रहेको कुुरा यसअघि नै खुलेको थियो ।
कार्कीले शिशुुलाई जन्म दिएपछि युुवकले बुुझेर पालनपोषण गर्ने सहमती समेत गाउँलेहरुले गराएका थिए ।
रोजगारीका लागि भारत गएका कार्कीका श्रीमान भने १० वर्षदेखि सम्पर्कमा छैनन् । उनका ९ वर्ष र १३ वर्षका दुई छोरा छन् ।