प्रहरी भन्दै कुटपिट गरी रकम असुलेको आरोपमा दुईजना पक्राउ

‘प्रहरी हुँ’ भन्दै कुटपिट गरी रकम असुलेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।  कनकाई नगरपालिका-७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका–३ का ३२ वर्षीय टीका खत्रीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

बिर्तामोड-५ की नयनसरी राजवंशीको घरमा गएर यही साउन ११ गते उप्रेती र खत्रीले आफूहरु सादा पोशाकका प्रहरी भएको धम्क्याउँदै राजवंशीको साथमा भएको एक हजार १०० लिएर गएको, साथै साउन १४ गते पुनस् उनीहरुले राजवंशीको छोरा २५ वर्षीय विशाल राजवंशीलाई बाहिर बोलाएर कुटपिट गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका उप्रेती र खत्रीलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर कानुनी कारबाही अघि बढाइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

सम्बन्धित
Loading...