काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टामा देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको जानकारी गराउँदै सावधानी अपनाउन सुझाव दिएको छ ।
आईतबार बिहान मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गर्दै विभागले आवश्यक सतर्कता अपनाउनु अनुरोध गरेको छ ।
प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा साथै प्रदेश १ र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
बुलेटिनमा लेखिएको छ, ‘देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै प्रदेश १ र प्रदेश ५ का थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानहरूमा नदीहरूमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’
यस्तो छ विभागको बुलेटिन –
नेपाल सरकार
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
(जारी मितिः २०७७-०४-०४, बिहान ०६:०० बजे)
मौसम विश्लेषण (Meteorological Analysis):-
हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपाल तिर सरेको अवस्था छ।
हालको मौसमको अवस्था (Present Weather Status):
देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
साउन ४ गते (आइतबार)
दिउँसोः देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २,बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा साथै प्रदेश १ र प्रदेश ५ का थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राती : देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा साथै प्रदेश १ का थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
साउन ५ गते (सोमबार)
दिउँसोः देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती : देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेश केही स्थानहरुमा र गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
साउन ६ गते (मंगलबार)
दिउँसोः देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा र गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती : देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र प्रदेश ५ का थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश २,बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा साथै प्रदेश १ र प्रदेश ५ का थोरै स्थानहरुमा भारी वर्षा (Heavy Rain) को सम्भावना रहेकोले ती स्थानहरुमा नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।