चीनमा पोखरी फुट्ने सम्भावनाले नेपालमा ठूलो खतरा, तत्काल बस्ती छाड्न अपिल

काठमाडौं । केही दिनयतादेखि भइरहेको अविरल वर्षासँगै उत्तरी छिमेकी चीनको खासास्थित केरुङ च्छो पोखरी भरिएर फुट्ने सम्भावना भएपछि नेपालमा ठूलो खतराको पूर्वानुमान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सोमबार एक सूचना जारी गर्दै चीनबाट खतराबारे जानकारी प्राप्त भएकाले नदी किनारका बस्ती तत्काल खाली गर्न अनुरोध गरिएको छ ।

न्यालम क्षेत्रमा अत्याधिक वर्षा भइरहेको र केरुङ च्छो पोखरी फुट्नसक्ने सम्भावना रहेको खबर चीनबाट प्राप्त भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पोखरी फुटेमा भोटेकोशी नदीमा आकस्मिक बाढी आएर नदी किनारका बस्तीमा ठूलो क्षति पुर्‍याउन सक्ने जनाउँदै स्थानीय प्रशासनले सतर्क रहन अपिल गरेको छ । भोटेकोशी नदी किनारका बस्तीका नागरिकलाई सुरक्षित ठाउँमा सार्न जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिइएको ढकालले जानकारी दिनुभयो ।

यस्तो छ प्रशासनको सूचना –

सम्बन्धित
Loading...