अविरल वर्षा कहिले रोकिन्छ ? यस्तो छ ३ दिनको मौसमी पूर्वानुमान र चेतावनी

काठमाडौ । नेपालमा मनसुुनी वायुुको प्रभाव कायमै रहेकाले मौसममा सुधार आउन अझै केही दिन लाग्ने पूर्वानुमान गरिएको छ ।

शुक्रवारबाट मौसममा सुधार हुँदै १–२ दिनमा आकाश खुल्ने सम्भावना रहेको मौसमविद्को भनाइ छ ।

न्यूनचापीय रेखा तलमाथि हुने क्रम चलिरहेकाले सुधार हुन समय लागेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । देशभर मनसुनी वायुको प्रभाव बिहीवार पनि कायमै रह्यो । मनसुनी न्यून चापीय रेखा पश्चिमी भूभागमा नेपालबाट दक्षिण सरे पनि पूर्वमा नेपाल नजिक रहेको छ । जसका कारण बदली जारी रहेको छ ।

मौसम शुक्रवारबाट खुल्न थाले पनि तत्काल सुुधार नहुने मौसमविद् मानन्धरले जानकारी दिनुभयो । १–२ दिनको सुधारपछि फेरि अर्को मौसमी प्रणालीले वर्षा गराउने संकेत देखिएको उहाँले बताउनुभयो ।

वर्षा न्यूून हुँदै गए पनि देशभर आंशिकदेखि सामान्य बदलीका साथ हल्कादेखि मध्यम वर्षा हुने क्रम निरन्तर छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाग्मती, गण्डकी प्रदेश र ५ नम्बर प्रदेशका केही स्थानमा वर्षा जारी छ । आगामी ३ दिन यी क्षेत्रका केही स्थानमा भारी वर्षाको पनि सम्भावना समेत रहेको छ ।

यस्तो छ आगामी ३ दिनको मौसमी पूर्वानुमान –

नेपाल सरकार

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७७-०४-०९, बिहान ०६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis):-

देशभर मनसुनी वायुको प्रभाव छ। साथै मनसूनी न्युन चापीय रेखा पश्चिमी भू-भागमा नेपालबाट दक्षिण सरेको छ भने पूर्वी भू-भागमा नेपाल नजिक रहेको अवस्था छ।

हालको मौसमको अवस्था (Present Weather Status):

देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का केही स्थानहरुमा वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

साउन 9 गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन १० गते (शनिबार)

दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन ११ गते (आइतबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आँशिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

सम्बन्धित
Loading...