काठमाडौं । नेपालमा अझै ५ दिनसम्म भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।
न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेकाले रेखा नहटेसम्म वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका महानिर्देशक सरजुकुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमवार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई जानकारी गराउनुभएको छ । जानकारीका क्रममा वैद्यले असार ९ गतेपछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जाने बताउनुभयो ।
उहाँका अनुसार नेपालको प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा मुलुकको अधिकांश स्थानमा १०० मिलिलिटरभन्दा बढी वर्षा भएको वैद्यले बताउनुभयो । न्यून चापी रेखा पश्चिमबाट पूर्वतिर सरेकाले केही दिन पूर्वी पहाडी क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेको वैद्यले बताउनुभयो ।
सोमबार साँझ मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै विभागले देशका विभिन्न ठाउँमा सतर्कता अपनाउन सुझाव र चेतावनी दिएको छ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । ‘प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै कर्णाली प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ बुलेटिनमा उल्लेख छ ।
यस्तो छ आगामी ३ दिनको मौसमी पूर्वानुमान –
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
(जारी मिति : २०७७-०४-०५, सांझ ०६:०० बजे)
मौसम विश्लेषण (Meteorological Analysis) :-
हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपाल तिर सरेको अवस्था छ।
हालको मौसमको अवस्था (Present Weather Status) :
देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
साउन ५ गते (सोमबार)
राती : देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेश केही स्थानहरुमा साथै कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
साउन ६ गते (मंगलबार)
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती : देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
साउन ७ गते (बुधबार)
दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केहि स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, सुदुरपश्चिम प्रदेश का केही स्थानहरुमा साथै कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षा (Heavy Rain) को सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।