काठमाडौं । आगामी साउन १२ गतेदेखि १६ गतेसम्म नेपालमा मनसुन सक्रिय हुने भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।
आईतबार विशेष मौसम तथा बाढी बुलेटिन प्रकाशित गर्दै विभागले नदीहरूमा जलसतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्ने सम्भावना रहेको पूर्वानुमान गरेको छ ।
‘प्रदेश १, २, ५ र सुदूरपश्चिम प्रदेशका तराई चुरे भई बहने केही मझौला तथा साना खोलानालामा बहाव बढ्ने र कुनैमा आकस्मिक बहाव समेत हुनसक्ने सम्भावना रहेको हुँदा तराई र चुरे क्षेत्रका होचा डुबान भइरहने स्थानहरूमा सर्वसाधारण जनतालाई सावधान रहन तथा सरोकारवाला निकायहरूलाई आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गर्दछौं,’ बुलेटिनमा उल्लेख छ ।
यस्तो छ विभागको विशेष बुलेटिन –
