मोटरसाइलको ठक्करबाट एकजनाको मृत्यु

कैलालीमा मोटरसाइलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बर्दगोरिया गाउँपालिका–१ स्थित पूूर्वपश्चिम राजमार्गमा से ७ प ८०२ नम्बरको मोटरसाइकलले ठक्कर दिदा साइकलमा सवार स्थानीय ७२ वर्षीय जगतबहादुर साउदको मृत्यु भएको हो ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साउदको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

दुर्घटनापछि मोटरसाइकल चालक फरार भएका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...