रुसी अधिकारीहरुले सयौँ हजार डलरको घुसकाण्डको पर्दाफास गरेका छन् । उक्त काण्डमा कैयन् ट्राफिक प्रहरीहरु संलग्न रहेका छन् ।
तर ट्राफिक पुलिसका प्रमुखको घरमा रहेको शौचालयले सबैको ध्यान तान्यो । किनकी ट्राफिक प्रहरी प्रमुखको घरमा रहेको उक्त ट्वाइलेट सुनबाट बनेको थियो ।
द मस्को टाइम्सका अनुसार ती पुलिस अधिकारी अलेक्सी सफोनोभलाई हिरासतमा लिइएको छ । दोषी प्रमाणित भएमा उनलाई १५ वर्षसम्मको जेल सजायँ हुने बताइएको छ ।
छानबिन समितिले सफोनोभको भव्य निवासको भिडियो सार्वजनिक गरेको छ । जहाँ घरभित्रको सुनको ट्वाइलेट देखि घरबाहिर पार्किंग गरिएका लक्जरी कारहरु देखिन्छन् ।
उनको घरमा रहेका फर्निचर, भित्ते आर्ट फ्रेम तथा सजावटका सामानहरुमा सुनको व्यापक प्रयोग गरी असाधारण बनाइएको छ । भान्साकोठाको दराज तथा अन्य फर्निचरमा पनि सुनको प्रयोग गरिएको छ ।