कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बिहीबार से१प ७४६१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा शुक्लाफाँटा नगरपालिका (१० का ७३ वर्षीय राम खुनाको मृत्यु भएको प्रहरीले बताएको छ। ठक्करबाट गम्भीर घाइते भएका खुनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा बिहीबार राति नै मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
प्रहरीका अनुसार उनीसँगै हिँडिरहेकी उनकी श्रीमती विष्णू खुना गम्भीर घाइते भएकी छिन् भने उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकल चालक वेदकोट नगरपालिका-५ का २६ वर्षीय धन बहादुर ओखेडालाई मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ।