लिचीको दाना घाँटीमा अड्किएर ६ महिने बालकको मृत्यु

लिचीको दाना घाँटीमा अड्किएर कञ्चनपुरमा ६ महिने बालकको मृत्यु भएको मृत्यु भएको छ ।

भीमदत्त नगरपालिका-५ सुकासालका भूपेन्ऽ चन्दका ६ महिनाका छोरा वीरेन्द्रको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक  अमरबहादुर थापाले बुधबार अपराह्न साढे ४ बजेतिर बालकको घाँटीमा लिचीको दाना अड्किएपछि उपचारका लागि महाकाली अस्पताल पुर्‍याए पनि डाक्टरले मृत घोषणा गरेको जानकारी दिए ।

बालकले आगनमा खेल्दै गर्दा लिची खाएको प्रहरीको भनाइ छ ।

सम्बन्धित
Loading...