कोरोना संक्रमणले उद्योगी खड्काको निधन

उद्योगी तथा व्यवसायी तेजेन्द्रसिंह खड्काको निधन भएको छ । कोरोना संक्रमणपछि मेडिसिटी अस्पतालमा भर्ना भएका खड्काको बिहीबार विहान निधन भएको हो ।

उनी टाइगर ब्रुअरीका अध्यक्ष हुन् भने विभिन्न उद्योग प्रतिष्ठानमा उनको लगानी छ । केही हप्ताअघि कोरोना संक्रमणको कारण श्रीमती गुमाएका खड्काको पनि विहीबार निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

५३ वर्षीय खड्का एक महिनाअघि देखि मेडिसिटीमा उपचाररत थिए । केही दिनअघि संक्रमणमुक्त भएपछि भेन्टिलेटरबाट निकालेपनि फेरि अस्वस्थ भएपछि खड्कालाई पुनः भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो । खड्काका २ छोरा र १ छोरी छन् ।

सम्बन्धित
Loading...