सुनसरीको इनरुवा नगरपालिका–९ बाट मास्क नलगाई हिँड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाल्पापुर बस्ने २६ वर्षीय नजाम मियाँ र शम्शेर मियाँ छन् ।
अस्थायी प्रहरी पोष्ट सम्बला पोखरीबाट खटिएका प्रहरी हवल्दारले ‘मास्क खोइ ?’ भनेर प्रश्न गर्दा उनीहरुले हातपात गरेका थिए ।
शनिवार हवल्दारलाई हातपात गरेर अपशब्द बोलेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । एउटा मोटरसाइकलमा सवार ३ जनामध्ये एकजना फरार भएका छन् ।
उनीहरुले प्रहरी हवल्दारलाई कुटपिट गरेर कपडा च्यातिदिएका छन् ।
कोरोना रोकथामका लागि खटिएका प्रहरीलाई अभद्र ब्यबहार गर्ने बिरुद्ध संक्रामक रोग ऐन–०२० र अभद्र व्यवहार मुद्दा चलाइने सुनसरीका एसपी कमल थापाले बताए ।