कञ्चनपुरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

कञ्चनपुरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका दुई र दोधाराचाँदनी नगरपालिकाका एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयकी कोभिड सम्र्पक व्यक्ति महिन्द्रा भट्टले भीमदत्त नगरपालिका–३ का ७२ वर्षीय पुरुष, भीमदत्त–१० का ५२ वर्षीया महिला र दोधाराचाँदनी नगरपालिका– ९ का ३७ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिइन् ।

उनका अनुसार महाकाली अस्पतालमा गरिएकमो परीक्षणमा शुक्रबार एक सय २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ८४ जना कोरोना जितेर घर फर्किएका छन् ।

सम्बन्धित
Loading...