टिकटक बनाउने क्रममा भिरबाट लडेर एकजनाको मृत्यु

उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भीरमा टिकटक बनाउने क्रममा लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान(५ का १८ वर्षीय सुवास परियार रहेका छन् ।

धरानबाट ओखलढुङ्गा तर्फ जाँदै सुमोमा चढेका उनी उदयपुरको हर्देनीमा सुमो बिग्रिएपछि ओर्लिएर भिरमा टिकटक बनाउन थालेका थिए ।

टिकटक बनाउँदै गर्दा भिरबाट लडेर उनी गम्भीर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक एसपी ९एसपी० भिमप्रसाद दाहालका अनुसार घाइते परियारलाई कटारी अस्पताल लैजादै गर्दा बाटामै मृत्यु भएको हो ।

घटनास्थलमा प्रहरी टोली गइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

सम्बन्धित
Loading...