काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चर्चित बलिउड अभिनेत्री मनिषा कोइरालाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कोइरालाले ओलीलाई भेटेकोबारे जानकारी दिनुभएको छ ।
सामाजिक सञ्जाल ट्विटरमा तस्वीर राख्दै थापाले कोइरालाले ओलीलाई भेटेको जानकारी गराउनुभएको हो । तर भेट र छलफलको विषयबारे भने केही खुलाइएको छैन ।