काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईका छोरीज्वाइँ मानुषी यमी भट्टराई र जेकेन्द्र श्रेष्ठले बालकोट पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।
नेसपा नेत्री समेत रहेकी मानुषीले शुक्रबार फेसबूक सार्वजनिक गरेको फोटोमा समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाएकी छन् ।
भेटमा अध्यक्ष ओलीले नेपालको राजनीतिको विगत र वर्तमानको अवस्थाबारे बताएका थिए । करीब २ घण्टा लामो भेटमा ओलीले मुलुकमा बलियो राष्ट्रिय शक्ति बनाउनुपर्ने बताएका भट्टराईले जानकारी दिइन् ।
गत निर्वाचनमा नेकपा माओवादी केन्द्रसँगको गठबन्धनबाट काठमाडौंमा उम्मेदवार बनेकी भट्टराई पराजित भएकी थिइन् ।