आज प्रदेशभर सार्वजनिक बिदा

काठमाडौं । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा २ नम्बर प्रदेश सरकारले कात्तिक १४ गते शुक्रबार सार्वजनिक बिदाको घोषणा गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले पैगम्बर हजरतको जन्मदिनको अवसरमा शुभकामना मन्तव्य जारी गर्नुहुँदै प्रदेशमा बिदा समेत रहेको जानकारी गराउनुभयो ।

शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, ‘इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बी तथा प्रदेशबासीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’

मुख्यमन्त्री राउतले प्रदेश तथा देशलाई शान्ति र अहिंसाको बाटोमा लान पैगम्बर हजरत मोहम्मदको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरून् भनि कामना समेत गर्नुभएको छ ।

सम्बन्धित
Loading...