काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्साको बिन्दवासनी गाउँपालिकामा आयोजना कार्यक्रममा पूर्व एमाले र पूर्व माओवादी पक्षबीच कुटाकुट हुँदा १ जनाको मृत्यु भएको छ ।
गाउँपालिकामा आयोजित पार्टीको शपथ ग्रहण कार्यक्रममा झडप हुँदा गम्भीर घाइते भएका गाउँपालिकाका पार्टी सचिव मुकेश चौरसियाको उपचारका क्रममा मृत्यु भएको छ ।
कुटपिटबाट गम्भीर घाइते भएका चौरसियालाई नारायणी अस्पतालबाट थप उपचारका लागि पानीटंकीस्थित न्यूरो हस्पिटलमा लगिएपनि उपचारका क्रममा मृत्यु भएको छ । अर्का गम्भीर घाइते उत्तम तिवारीको उपचार भइरहेको जनाइएको छ ।
कार्यक्रमस्थलमा गाउँपालिका अध्यक्ष र सचिवबीच विवाद भएर उग्ररूप लिँदै २ पक्षबीच झडप हुँदा दर्जनौं व्यक्ति घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोजित कुँवरले मुकेश चौरिसयाको उपचारको क्रममा मृत्यु भएको बताउनुभयो । २ जना घाइतेहरू उत्तम तिवारी र चिन्टु तिवारीको नेसनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
नेकपा जिल्ला कार्यालय पर्साले जिल्ला कमिटी सदस्य तथा बिन्दावासिनी गाउँपालिका कमिटीका सचिव चौरासियामाथि हमला गरी हत्या गर्नेहरुलाई कडा कारवाही गर्न माग गरेको छ । शुक्रवार जिल्ला कमिटी पर्साले विज्ञप्ति जारी गर्दै हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने, मुकेस चौरासियालाई शहीद घोषणा गर्नुपर्ने, घाइतेलाई क्षतिपूर्ति र निःशुल्क उपचार गर्नुपर्ने माग गरेको छ ।
यस्तो छ विज्ञप्ति –