यति बलियो गठबन्धन सरकारले २ जिल्लाका भूइँचालो पीडितलाई सेवा दिन सकेन : बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुल बाँस्कोटाले यति बलियो गठबन्धन सरकारले २ जिल्लाका भूइँचालो पीडितलाई सेवा दिन नसकेको टिप्पणी गरेका छन् ।

शनिवार बिहान सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले कोभिडमा २ बित्दा महामन्त्रीद्वयले अर्ती दिने गरे पनि अहिले २ बाँसेघरको प्रचारमा ईतिश्री भएको बताए ।

महामन्त्रीद्वय भनेर नेता बाँस्कोटाले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई संकेत गरेका छन् ।

उनले लेखेका छन्, ‘यति बलियो गठबन्धन सरकारले जम्मा २ जिल्लाका भूइँचालो पीडित जनतालाई समेत सेवा दिन सकेन । कोभिडमा २ बित्दा महामन्त्रीद्वय अर्ती अहिले २ बाँसेघरको प्रचारमा ईतिश्री भएछ । माघ लाग्न के आँट्याछ, सरकारलाई लावण्य देशको बुख्याँचाले तर्सायो रे ! सरकारभन्दा लोकतन्त्रवादी जनता छन् नेपालमा ।’

सम्बन्धित
Loading...