ओली सरकारका यी मन्त्रीलाई कोरोना संक्रमण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मन्त्री नेम्वाङले सोमवार आफ्नो कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जानकारी दिनुभयो ।

मन्त्री नेम्वाङले आफूसँग सम्पर्कमा रहेका सबै जनालाई स्वास्थ्यको ख्याल राख्न आग्रह गर्नुभएको छ ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई समेत कोरोना संक्रमण देखिएको थियो ।

सम्बन्धित
Loading...