कोरोना बढेपछि दशैंभर राति ८–५ बजेसम्म हिँडडुल गर्न निषेध (सूचनासहित)

काठमाडौैं । विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको बढ्दो संक्रमण र चाडपर्वका कारण जिल्ला प्रशासन झापाले राति हिँडडुल गर्न समेत निषेध गरेको छ ।

कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्र झापाले गरेको निर्णयअनुसार संक्रामक रोग ऐन २०२० को दफा २ ले अधिकार र स्थानीय शासन ऐन २०२८ को दफा ६(३) बमोजिम दशैंभर लागू हुने गरी राति ८ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्क कामबाहेक हिँडडुल र सवारी सञ्चालन नगर्न तथा होटल व्ययवसाय र पसलहरू समेत बन्द गर्न सूचना जारी गरिएको छ ।

चाडबाडमा भेला जमघटहरूमा सहभागी नहुन र जात्रा, मेला र महोत्सव समेत नगर्न आह्वान गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताउनुभयो । निषेधको व्यवस्था आज आईतबारदेखि कात्तिक १४ गते कोजाग्रत पूर्णिमासम्म लागू हुने प्रशासनले जनाएको छ ।

यस्तो छ प्रशासनको सूचना –

सम्बन्धित
Loading...