रौतहटमा झडप हुँदा प्रहरीले खोल्यो हवाई फायरिङ

काठमाडौं । रौतहट जिल्लामा प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले हवाई फायरिङ खोलेको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले १४ राउण्ड हवाई फायर गरेको हो ।

बिहीबार दिउँसो राजपुर नगरपालिका–६ स्थित कुडियामा भारतबाट अवैध भैंसी ल्याइएकोमा प्रहरीले नियन्त्रणमा लिन खोज्दा झडप भएपछि १४ राउन्ड हवाई फायर गर्नुपरेको रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी दिनुभयो ।

झडपमा ४ जना प्रहरी घाइते भएका छन् । प्रहरीले भीडलाई तितरवितर पार्न ८ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको जनाइएको छ ।

सम्बन्धित
Loading...