धनगढी । कैलाली जिल्लाको गोदावरी नगरपालिका–२ चौराहा नजिक बा१८च ५८२९ नम्बरको गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।
नविन दाना पोल्ट्री फर्मको गाडीको ठक्करबाट पैदलयात्री ७८ वर्षीया नन्दादेवी नाथको मंगलबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ ।
सवारीसाधन र चालक गोदावरी नगरपालिका–२ बस्ने दिनेश लम्साललाई नियन्त्रणमा लिई घटना सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।