काठमाडौं । राजधानी काठमाडौं उपत्यकाका केही स्थानमा आज शुक्रबार विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै काठमाडौंका केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ ।
विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जानकारी दिएको छ ।
गोल्फुटारदेखि ह्याम्स हस्पिटलसम्मका क्षेत्रमा आज बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने जनाइएको छ ।