काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि भन्दै राजधानी काठमाडौं उपत्यकाभित्रका ३ वटै जिल्लाका प्रशासन कार्यालयले भदौ २ गते निषेध सम्बन्धी आदेश जारी गरे । जुन आदेशमा अत्यावश्यकबाहेक कामका लागि घरबाहिर ननिस्कन आग्रह गरिएको थियो । काठमाडौंमा आज बुधबार मध्यरातिदेखि निषेधाज्ञा लागू हुँदैछ ।
तर आज बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको अर्काे जरुरी सूचना जारी गर्दै निषेधाज्ञाबारे थप स्पष्ट पारेको छ । जसमा दैनिक उपभोग्य वस्तु, बैंकिङ कारोबार, स्वास्थ्य सेवा, सञ्चार, सरकारी छापाखाना, टेलिफोन, विद्युत् सेवा, मृत्यु संस्कार कार्यका सवारीसाधनलाई सहजीकरण गर्न सकिने उल्लेख छ ।
कार्यालयका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा विवाह प्रयोजनका सवारीसाधनलाई समेत सहजीकरण हुने उल्लेख गरिएको छ । तर सवारीसाधनमा ७ जना मात्र हुनुपर्ने उल्लेख छ ।
यस्तो छ प्रशासनको सूचना –