काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज दाहालले शुक्रबार कोरोना भाइरस संक्रमण रोकथामका लागि कडा आदेश जारी गर्नुभएको छ ।
काठमाडौंमा भाइरस संक्रमण बढ्दै गइरहेको जनाउँदै सीडीओ दाहालले साउन ३० गतेदेखि भदौ १५ गतेसम्म गरी १६ दिनका लागि आदेश जारी गर्नुभएको छ ।
आदेश विपरीत काम गर्नेलाई कारवाही गरिने उहाँले बताउनुभयो । निषेधित गतिविधिमा भीडभाड, जात्रा महोत्सव, नित्य पूजाबाहेक धार्मिक गतिविधि, जमघट, शैक्षिक संस्था सञ्चालन लगायत रहेका छन् ।
फूटपाथमा व्यवसाय गर्न, शैलून र ब्यूटीपार्लर सञ्चालन, खेलकुद, मनोरञ्जनस्थल, सिनेमा हल लगायतलाई पनि निषेध गरिएको छ । स्वास्थ्य मापदण्ड विपरीत श्रमिक/कामदार ओसारपोसार गर्न र होटल/रेस्टुराँमा टेक वेबाहेक सञ्चालन गर्न समेत निषेध गरिएको छ ।
यस्तो छ आदेश –