ढोकाको ताला तोडेर १४.५ तोला सुन, ४० तोला चाँदी चोरी

काठमाडौं । घरको मूल ढोकाको ताला तोडेर १४.५ तोला सुन र ४० तोला चाँदी चोरी भएको घटना नुवाकोटमा भएको छ ।

नुवाकोटको ककनी गाउँपालिका–१ सिमटार बस्ने खडानन्द खप्तरीको घरबाट कोही नभएको अवस्थामा मूल ढोकाको ताला तोडेर मंगलबार बिहान चोरी भएको हो ।

चोरीमा संलग्न व्यक्तिको पहिचान हुन सकेको छैन । चोरीमा संलग्न व्यक्तिको खोजी गर्नुका साथै थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...