धनगढी । प्रहरीले कैलाली जिल्लाको गोदावरी नगरपालिका–१ बाट जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई रङ्गेहात पक्राउ गरेको छ ।
स्थानीय ६० वर्षीय दुर्गा घलेको घरभित्र जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले आकस्मिक अनुगमन गर्दा ९ जनालाई शनिबार दिउँसो पक्राउ गरिएको हो ।
ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले ५५ हजार ८५ रुपैयाँ र ५ बुक ताससहित ९ जनालाई पक्राउ गरेको छ ।
जुवातास सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।