जुवातास खेलिरहेका ६ जना १ लाख ४२ हजार नगदसहित पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ जामिरगाडामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले भीमदत्त नगरपालिका–९ बस्ने ३३ वर्षीय भवानीसिंह बुढासहित ६ जनालाई शनिबार साँझतिर पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले नगद १ लाख ४२ हजार ६४५ रुपैयाँ र ६ गड्डी ताससहित आरोपीहरूलाई पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...