होटलको कोठा नम्बर ६१२ भाडामा लिएर जुवातास खेलिरहेका ११ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका–२६ ज्याठास्थित होटल भियानामा जुवातास खेलिरहेका ११ जनालाई पक्राउ गरेको छ ।

रोल्पा घर भएका ३६ वर्षीय लिला डागी समेत ११ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

डागीले होटलको कोठा नम्बर ६१२ भाडामा लिई जुवा खेलाइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले नगद १३ लाख ६२ हजार ५०० रूपैयाँ र ४ बुक ताससहित आरोपीहरूलाई पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...