होटलमा जुवातास खेलिरहेका ५ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ सहारा होटलमा जुवातास खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले जुवातास खेलिरहेको अवस्थामा बैतडीको दशरथचन्द नगरपालिका–११ स्थायी घर भएका होटल सञ्चालक ३७ वर्षीय गणेशसिंह बुडाल समेत ५ जनालाई मंगलबार साँझतिर पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले होटलमा चेकजाँच गर्दा नगद ४८ हजार २६० रुपैयाँ र १ गड्डी ताससहित पाँचै जनालाई पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...