धनगढी । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल कैलालीको धनगढी आउँदैछन् ।
धनगढीमा उनले मंगलबार आयोजना हुने ‘नेपालको संविधान र सुवासचन्द्र नेम्वाङ’ विषयक प्रवचन कार्यक्रममा प्रमुख वक्ताको रूपमा सहभागिता जनाउनेछन् ।
नेकपा एमालेका तत्कालीन उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्न प्रवचन कार्यक्रम आयोजना गरिएको एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव धर्मराज पाठकले जानकारी दिए ।
कार्यक्रम मंगलबार बिहान ११ बजे धनगढीको रुबस होटलमा आयोजना हुनेछ । पार्टी उपाध्यक्ष स्व. नेम्वाङको सम्झनामा एमालेले विभिन्न कार्यक्रम गरिरहेको छ ।