नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखलाई माइक हान्ने योजना नरहेको दाबी गरेका छन् ।
बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश गर्ने क्रममा शुक्रबार एमाले सांसद रेखाकुमारीले गृहमन्त्रीको माइक खोस्दै सभामुखको टाउकोमा माइक हाल्ने योजना रहेको जनाएकी थिइन् ।
तर ओलीले संसदीय दलको आइतबार बसेको बैठकमा त्यसको खण्डन गर्दै माइक हान्ने योजना नरहेको दाबी गरेका हुन् ।