नेकपा एमालेले माधवकुमार नेपालसहितका १४ जना सांसदलाई कारवाही गर्ने निर्णय गरेको छ ।
उनीहरूलाई सांसद पदबाट पदमुक्त गर्न संसद् सचिवालयमा पत्र पठाइएको छ भने त्यसको बोधार्थ निर्वाचन आयोगलाई समेत दिइएको एक नेताले बताए ।
संसद् भवन बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले नेपालपक्षीय सांसदहरूलाई कारवाही गर्ने निर्णय गरेको हो ।
कारवाही गरिएकामा माधव नेपाल, रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, मेटमणि चौधरी लगायत छन् ।