माधव नेपालपक्षीय युवाले दर्ता गरे नयाँ दल, को-को जादैछन् एमालेबाट ?

सत्तारुढ नेकपा एमाले विभाजनको संघारमा रहेको बताइएका बेला निर्वाचन आयोगमा एमालेकै युवाहरूको नेतृत्वमा नयाँ दल दर्ताका लागि निवेदन परेको छ ।

एमालेकै युवा नेता जीवन राई अध्यक्ष रहने गरी आयोगमा नेकपा एकीकृत नामको दल दर्ताका लागि निवेदन परेको आयोग स्रोतले जनाएको छ ।

नयाँ दलको चुनाव चिह्न कलम प्रस्ताव गरिएको छ । प्रस्तावित दलको उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल रहेका छन् ।

स्रोतका अनुसार यी सबै एमाले वरिष्ठ नेता माधव नेपाल निकट युवाहरू हुन् ।

स्मरण रहोस्, राष्ट्रिय सभा उपनिर्वाचनमा माधव नेपाल पक्षीय स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाले कलम चिह्न लिएर नै चुनाव जितेका थिए ।

आयोगमा नेकपा लोकतान्त्रिक नामको अर्को दल दर्ताका लागि पनि निवेदन परेको छ । जसको चुनावचिह्न गोलाकारभित्र ५ कुने तारा प्रस्ताव गरिएको आयोग स्रोतले जानकारी दियो ।

सम्बन्धित
Loading...