देउवा निवासमा बन्दै ओलीको पत्तासाप गर्ने रणनीति, माधव पनि जाने 

राष्ट्रपतिको आह्वानअनुसार बहुमतको सरकार गठन गर्दै काम चलाउ सरकारका प्रधानमन्त्री केपी ओलीको पत्तासाप गर्ने रणनीतिमा राजनीतिक दलहरु जुटेका छन् ।

राष्ट्रपतिले दिएको तीन दिनको समयभित्र वैकल्पिक सरकार गठनको दावी गर्न प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले पहल थालेका हुन् ।

देउवाले केपी ओलीको विपक्षमा रहेका दल र नेताहरुसँग आजैबाट परामर्श थालेका छन् । देउवा निवास बुढानिलकण्ठमा कांग्रेस–माओवादी र जसपा तथा एमालेका ओलीविरोधी समूहबीच छलफल हुन लागेको छ ।

कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड,जसपा अध्यक्ष उपेन्द्र यादवले सोमवारै वैकल्पिक सरकार गठनको आह्वान गरिसकेका थिए । आजको छलफलमा विश्वासको मत दिन अनुपस्थित एमालेको माधव पक्षका नेतालाई समेत बोलाइएको कांग्रेसले जनाएको छ ।

राष्ट्रपतिले वैशाख ३० गते साँझ ९ बजेसम्म दावी पेश गर्न दिएको समयसीमाभित्र बहुमत दावी गर्ने तयारी देउवा र प्रचण्डको छ । जसपाको महन्थ ठाकुर पक्षले वैकल्पिक सरकारको दिशामा नजाने बताइसकेको छ ।

सम्बन्धित
Loading...