काठमाडौं । कोरोना भाइरस (कोभिड) संक्रमित भएका बिरामीलाई निको पार्न प्रयोग गर्न मिल्ने औषधि भारतबाट नेपाल आउन थालेको छ ।
रामदेसिवीर नामक औषधिलाई भारतका ३ कम्पनीले नेपालमा पठाउन थालेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कोरोनाका बिरामीको रोग प्रतिरोधी क्षमता बढाउन सक्ने औषधिको रूपमा रामदेसिवीरलाई सिफारिस गरिएको छ । औषधि उत्पादक कम्पनी म्यालन, किप्ला र हेटेरो ड्रग्सले नेपालका लागि औषधि उपलब्ध गराउने भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ ।
नेपाल सरकारले ती कम्पनीलाई औषधिका लागि अनुमति दिने औषधि विभागका निर्देशक नारायणप्रसाद ढकालले बताउनुभयो । तीमध्ये म्यालनले औषधि बाँड्न सुरू गरिसकेको छ । औषधि विभागका अनुसार ५७० वटा सीसी माग भएको थियो ।
कोरोनाका कारण जोखिमको अवस्थामा पुगिसकेका बिरामीका लागि रामदेसिवीर औषधि प्रयोग गरिन्छ । औषधिको मूल्य नेपाली ७ हजार ८०० रुपैयाँ पर्ने जनाइएको छ ।