काठमाडौं । कोरोना भाइरस संक्रमण कहिलेसम्म रहन्छ ? यो प्रश्नको जवाफ कसैसँग छैन । सरकारले लकडाउन र निषेधाज्ञाबाहेक अन्य प्रभावकारी कदम चाल्न नसकेको जनस्तरमा गुनासो छ ।
नेपाली कांग्रेसकी नेत्री तथा नेपाल प्रजातान्त्रिक महासंघ ५ नम्बर प्रदेश महिला विभाग सदस्य आयुषा कंडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारमाथि गम्भीर प्रश्न गर्नुभएको छ । नेत्री कंडेल घरेलु महिला उद्यमी समेत हुनुहुन्छ । यी प्रश्नले जनस्तरका जिज्ञासाको प्रतिनिधित्व गर्छ ।
यस्ता छन् नेत्री कंडेलले गर्नुभएका प्रश्न –
“बन्द नै कोरोनाको समाधान हो र ? अब त सरोकारवालालाई प्रश्न गर्ने समय भएन र ?
मेरो प्रश्न –
१. सरकारले अहिलेसम्म कोरोना उपचार गर्ने कति हस्पिटल तयार गर्यो ?
२. कति शय्या क्षमता भएको आइसोलेसन तयार गरिएको छ ?
३. विगत ५ महिनादेखि बन्द भएका व्यवसायलाई राहतको प्याकेज छ/छैन ?
४. शैक्षिक संस्था कसरी सञ्चालन गर्ने तयारी गरिएको छ ?
५. विदेशमा अलपत्र परेका नेपालीलाई ल्याउने तयारी कसरी गरिँदैछ ?
६. बन्दको बहानामा दोब्बर मूल्यमा सामान बेच्ने कालोबजारीको अनुगमन कसले गरेको छ ?”