अब पनि छ र सरकार ? बाँचे बधाई मरे काजक्रिया !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आईतबार नियमित मिडिया ब्रिफिङका क्रममा अब कोरोना भाइरस संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्णय भएको सुनाउनुभयो ।

आर्थिक रूपमा विपन्न लगायत सरकारी कर्मचारीको उपचार सरकारले गर्ने भए पनि सामान्य जनताले आफैं उपचार गर्नुपर्ने उहाँले बताउनुभयो । सरकारले सुनाएको निर्णयपछि आलोचना सुरु भएको छ ।

ट्वीटर प्रयोगकर्ता दीपक दाहालले ‘अब पनि छ र सरकार ?’ भनेर प्रश्न गर्दै लेख्नुभएको छ –

अब पनि छ र सरकार ?

– परीक्षण आफैं गर्नु

– उपचार आफ्नै खर्चमा गर्नु

– होम आइसोलेसनमा मृत्यु भए लाश आफैं व्यवस्थापन गर्नु

– अस्पतालमा उपचार गर्ने ठाउँ छैन घरैमा बस्नु ।

….

अबको निर्णय

– मन्त्री र नेकपा नेताको मात्र उपचार गर्ने अरू बेसार पानी खाएर घरै बस्नु, बाँचे बधाई मरे काजक्रिया !

सम्बन्धित
Loading...