गंगा दाहालबाट आयो कोरोना संक्रमणबारे जानकारी, प्रचण्डको पीसीआर रिपोर्टमा के छ ?
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा खटिएका सुरक्षाकर्मीका कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सर्वत्र चासो बढेको छ ।
खुमलटारमा देखिएको कोरोना संक्रमणबारे जानकारी दिनुहुँदै प्रचण्डकी छोरी गंगा दाहालले बाहिरी घेरामा रहनुभएका ६ जना सुरक्षाकर्मीका संक्रमण देखिएको बताउनुभयो ।
अध्यक्ष प्रचण्डको पीसीआर जाँच रिपोर्ट नेगेटिभ रहेको उहाँले बताउनुभयो । सामाजिक सञ्जाल फेसबूकमा स्टेटस लेख्दै दाहालले अध्यक्ष प्रचण्ड, परिवारका सदस्य, सचिवालयका सदस्यहरूमा भने कोरोना नदेखिएको जानकारी दिनुभयो । उहाँले संक्रमित सुरक्षाकर्मीको स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ ।
अध्यक्ष लगायत हामी सम्पुर्ण परिवारका सदस्यहरु, सुरक्षाकर्मीहरु र सचिवालयका सदस्यहरुले कोभिड-१९ स्वाव परीक्षण गर्दा,…
Posted by Ganga Dahal on Thursday, August 6, 2020