सवारीसाधन दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौं । मकवानपुर र नवलपरासी पश्चिममा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ दारीमटारस्थित सडकमा ना७त ४३७६ नम्बरको ट्रयाक्टरले बा७०प ७१८९ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार कालिकोट सान्नि त्रिवेणी गाउँपालिका–४ बस्ने ३० वर्षीय रमेश तिरूवाको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको काठमाडौंको ट्रमा सेन्टरमा थप उपचारको क्रममा मृत्यु भएको छ । हाल फरार ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

नवलपरासी पश्चिमको सुनवल नगरपालिका–१२ भुमही चोकस्थित सडकमा साइकल अनियन्त्रित भई पल्टिँदा साइकल यात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी २९ वर्षीय पुरूषको आईतबार दिउँसो मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...