नहरमा डुबेर १ जनाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ वनखेतस्थित नहरमा डुबेर १ जनाको मृत्यु भएको छ ।

नहरमा डुबेर जाजरकोटको शिवमितास नगरपालिका–१ सल्लागाउँ घर भई हाल भीमदत्त–५ वनखेत किरीयापुत्री भवनमा बस्ने अन्दाजी ४५ वर्षीय भुवन बुढाथोकीले नहरमा हाम फालेर पानीमा डुबेर उनको मृत्यु भएको हो ।

वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटिएर उनलाई पानीबाट निकाली महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर कञ्चनपुरमा ल्याएकोमा उपचारको क्रममा डाक्टरले मृत्यु घोषणा गरेका छन् ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...