धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाबाट प्रहरीले अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका–४ ट्याम्पल रिसोर्ट नजिकबाट शंका लागेर चेकजाँच गर्दा गौरीगंगा नग्रपालिका–४ घर भई हाल धनगढी उपमहानगरपालिका–४ कोठा गरी बस्ने वर्ष २६ वर्षीय रोहन परियारलाई १०० मिलिग्राम लागूऔषध खैरो हेरोइन धुलो पदार्थ र ४१ हजार २९० रुपैयाँसहित नियन्त्रणमा लिइएको जनाइएको छ ।
यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–३ ब्यारेलबाट शंका लागेर चेकजाँच गर्दा धनगढी–२ बस्ने ३५ वर्षीय अशोक पाल समेत २ जनालाई ३७० मिलिग्राम लागूऔषध खैरो हेरोइन धुलो पदार्थ र उनीहरूले प्रयोग गरेको स्कुटीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।